एक व्यक्ति एक पदको माग गर्दै लोसपा कार्यकर्ता धर्नामा


१२ पुष २०७८, सोमबार
Losapa Rajendra Mahato

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले शान्तिपूणर् धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता विन्दु ठाकुरले अध्यक्षले गरेको निणर्य स्वीकार्य हुन नसक्ने भन्दै निणर्यलाई सच्याउन माग गरिन् । उनले एक व्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्नेमा जोड दिइन् ।

‘हाम्रो अध्यक्षज्यूबाट जुन खालको निणर्य भयो, जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष, प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । यो निणर्यप्रति हाम्रो आपत्ति हो । धेरै साथीहरू उहाँको निणर्यबाट असन्तुष्ट हुनुहुन्छ । निणर्यलाई सच्याउनुस् । वान म्यान वान पोस्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निणर्यहरू गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन,’ ठाकुरले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७