माओवादीमा १५ पदाधिकारी र २९९ केन्द्रीय कमिटी सदस्य रहने विधान मस्यौदा पेस


१२ पुष २०७८, सोमबार
dev gurung maoist lR7tUguYsd

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरे लगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिए । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । विधान मस्यौदा प्रस्तुत भए लगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७