बालबालिकालाई समाजसँग जोड्न आवश्यक : गगन थापा


१२ पुष २०७८, सोमबार
gagan1640599624

काठमाडौं । नेपाली कांग्रेससका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताए ।

उनले कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकाको शिक्षामा कुनैबाधा नआओस् भन्ने उद्धेश्यले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए । महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा जगाउन र समस्यामा परेका बालबालिकाका लागि उचित शिक्षा दिन अभियानले काम गर्ने बताए ।

‘यस्तो कुरा एकदमै धेरै मान्छेलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बाबाआमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदैछ’, महामन्त्री थापाले भने, ‘कोरोनाका कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो । समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ । नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउन पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान सातप्रदेशका दुई/दुईवटा जिल्लामा शुरु हुनेछ । उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७