प्रहरीले सुरक्षाकर्मीमा बढ्दो आत्महत्या रोक्न अध्ययन गर्ने


१२ पुष २०७८, सोमबार
gun

काठमाडौं । नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न विस्तृत अध्ययन गरिने बताएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताएका हुन् ।

उनले विगत ५ वर्ष यताको जानकारीमा १३/१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीहरुको आत्महत्याको कारण डिप्रेसनका रहेको बताए । प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकोले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गर्ने बताए । उनले बीचमा नै जागिर छोडेर हिँड्ने सुरक्षाकर्मीहरुको हकमा भने अवसरको खोजि मात्र भएको र यो स्वभाविक प्रक्रिया भएको बताए ।

प्रवक्ता कुँवरले यो आर्थिक वर्षको शुरुवाती पाँच महिनामा १,३२६ वटा सिसि क्यामेरा देशभर जडान भएको बता ए। उनले महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सिसिटिभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सिसिटिभी, जडान गर्न ४ करोड ४० लाख रुपैयाँ विनयोजन भइ मूल्यांकनको प्रक्रियामा गएको जानकारी दिए ।

प्रवक्ता कुँवरले उपत्यकाका विभिन्न स्थानमा रहेको विभिन्न ३३ वटा ट्राफिक लाइट मर्मत गरिने र अन्य ३७ स्थानहरुमा ट्राफिक लाइट जडान गर्ने बताए । प्रवक्ता कुँवरले ट्राफिक भत्ताको कुरा सम्बोधन हुने र कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको भत्ता आउने सम्भावना भने न्यून रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७