व्यापारीको ज्यान गएपछि ठक्कर दिने प्रहरी भ्यान आक्रोशित स्थानीयले जलाए


१२ पुष २०७८, सोमबार
police van burning NhJmf8GrU7

सर्लाही । सर्लाहीको बयलबासमा प्रहरी भ्यानले स्थानीय व्यापारीलाई ठक्कर दिएर मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी भ्यान जलाइ दिएका छन् ।

आइतबार साँझ इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी ईश्वरपुर नगरपालिका नगरपालिका-५ का रामकुमार महतोको मृत्यु भएको थियो ।

महतोको मृत्युपछि आक्रोशित बयलबास बजारका स्थानीय र व्यापारीले ठक्कर दिने प्रहरीको भ्यानमा आगो लगाई दिएका हुन् । स्थानीयले दुर्घटनामा संलग्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने, भ्यान चलाउने प्रहरी ड्राइभरलाई जागिरबाट बर्खास्त गर्नुपर्ने, इलाका प्रहरी कार्यालयमा भएका सबै प्रहरीहरूको सरुवा माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७