शिवम् सिमेन्टले गर्यो प्रदेश २ का एकहजार बढी निर्माणकर्मीसँग अन्तरक्रिया


१२ पुष २०७८, सोमबार
sivamcement1640520030

काठमाडौं, पुस १२ । शिवम् सिमेन्टले प्रदेश नं. २ का एक हजार बढी निर्माणकर्मीसँग अन्तरक्रिया गरेको छ। साथै उनीहरुको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ

सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको हो। यससँगै हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँचलाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको छ।

देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीको पाँचलाख बराबरको जोखिम बहन बिमा गरिसकेको छ ।

मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा एक हजार बढी निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कबलष्mबलअष्तभखभचथनजबच
कार्यक्रममा निर्माणकर्मीहरुलाई सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराईएको थियो। कम्पनीले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा यस्ता कार्यक्रम गर्दै आईरहेको छ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रिपछिको निःशुल्क प्राविधिक सेवा समेत दिदैँ आहिरहेको बताएको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल) मा सम्पर्क गर्न सकिने छ।

निर्माणकर्मीहरुले हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७