कहाँ छन् ‘जनयुद्ध’ का ती १९ कमान्डर ?


१३ पुष २०७८, मंगलवार
JANAMUKTI SENA 768x390 1

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’ को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’ का क्रममा बलिदानी दिए ।

माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको पार्टी अन्य कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न बाध्य भए । केही नेता माओवादीबाट विद्रोह गरे पनि पुनः माओवादीमै फर्किएको इतिहास छ । विगतमा माओवादी विभाजन मात्रै भएको छैन्, यसबीचमा विभिन्न कम्युनिस्ट विचार बोकेका पार्टीसँग एकीकरण समेत भएको छ ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सशस्त्र ‘जनयुद्ध’ को घोषणा भएको थियो । आज त्यही माओवादी विभिन्न पार्टीसँग एकता गर्दै ‘नेकपा माओवादी केन्द्र’ भएको छ । माओवादी केन्द्रको इतिहास हेर्दा विगतमा विभाजन र एकीकरण उस्ताउस्तै देखिन्छ । कहिले विचार मिल्दा पार्टी एकीकरण भएको देखिन्छ भने कहिले विचार नमिल्दा विभाजन भएको माओवादीको इतिहास लामो रहेको देखिन्छ ।

दाहाल नेतृत्वको त्यही माओवादी केन्द्रले आइतबारदेखि काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै वैचारिक, सैद्धान्तिक विषयमा समेत गम्भीर बहस एवं छलफल थालेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विगतको समीक्षा गर्दै महाधिवेशनले आगामी कार्यदिशा पनि निर्धारण गर्ने बताए ।

‘महाधिवेशनमा हामी नेता मात्रै छान्दैनौं । हामीले विगतको गम्भीर समीक्षा गर्दै आगामी रणनीति समेत तय गर्न बहस तथा छलफल गर्नेछौं,’ प्रवक्ता महराले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७