प्रचण्डको राजनीतिक प्रतिवेदनमा आज २५ समूहमा छलफल हुँदै (सूचीसहित)


१३ पुष २०७८, मंगलवार
Prachanda Banda satra

काठमाडौं । काठमाडौंमा जारी सत्तारुढ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बन्द सत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे आज (मंगलबार) २५ समूहमा छलफल हुँदैछ ।

छलफलका लागि सोमबार नै २५ समूह बनाइएको छ । प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि बुधबार ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ । प्रतिवेदनमा छलफल गर्न ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदका तीन समूह बनाइएको छ । यसको टोली नेता नन्दकुमार थापालाई तोकिएको छ ।

प्रदेश-१ का दुई समूह बनाइएको छ, जसको टोली नेता हर्क गुरुङ हुन् । प्रदेश-२ का पनि दुई वटा समूह छन्, यसको नेतृत्व गणेश साहले गरेका छन् । गण्डकी प्रदेश समूहको नेतृत्व प्रदेश अध्यक्ष गायत्री गुरुङले गरेकी छन् । लुम्बिनी प्रदेश समूहको टोली नेता चक्रपाणि खनाल हुन् ।

प्रवास समितिमा लक्ष्मण पन्त, कणर्ाली प्रदेशमा विमला केसी र सुदूरपश्चिम समूहमा प्रदेश खगराज भट्ट टोली नेता छन् । केन्द्रीय विभागहरूको समूहमा मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशको समूहमा कृष्ण अधिकारी, बागमती प्रदेश समूहमा सरल सहयात्री टोली नेता छन् । जनवर्गीय मोर्चाको समूहको नेतृतव अमृता थापाले गरेकी छन् ।
छलफल हुने स्थान

१) ज्येष्ठ कम्युनिस्ट मञ्च (महाधिवेशनस्थल प्रज्ञा भवन), संयोजक-एमके प्रसाईं

२) सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

३) सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

४) प्रदेश १ क (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क ( महाधिवेशनस्थल पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख (महाधिवेशनस्थल पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क (केन्द्रीय कार्यालय पेरिसडाँडा )

११) गण्डकी ख (केन्द्रीय कार्यालय पेरिसडाँडा)

१२) प्रवास (केन्द्रीय कार्यालय पेरिसडाँडा)

१३) कणर्ाली क. (ए वान पार्टी प्यालेस )

१४) कणर्ाली ख. (ए वान पार्टी प्यालेस )

१५) सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)

१६) सुदूरपश्चिम ख ( ए वान पार्टी प्यालेस)

१७) विभाग क (क्वालिटी ब्याङ्क्वेट)

१८) विभाग क (क्वालिटी ब्याङ्क्वेट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)

२०) सम्पर्क समन्वय क (क्रिस्लट पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख.(क्रिस्लट पार्टी प्यालेस)

२२) बागमती क (बानेश्वर ब्याङ्क्वेट)

२३) बागमती ख (बानेश्वर ब्याङ्क्वेट)

२४) आयोग (काठमाडौं ब्याङ्क्वेट)

२५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७