महामारीले १० करोड मानिसलाई पुर्‍यायो गरिबीको मुखमा


१३ पुष २०७८, मंगलवार

काठमाडौं । दिपाली रोय खानको लागि खर्च जुटाउन सक्दिनथिन् । उनी र उनका पति बंगलादेशको गार्मेन्ट उद्योगमा कामदार थिए । गत वसन्त याममा कोभिड-१९ महामारीले नराम्रोसँग ग्रसित बनाएपछि उनीहरूको कारखानाले ठूलो संख्यामा कामदार कटौती गर्‍यो ।

विश्वभरीका अरु लाखौं मानिसहरूले जस्तै दुवैले राजधानी ढाकामा भएको काम गुमाए । जहाँ उनीहरू वर्षौँ प्यान्ट, सर्ट र ज्याकेट बनाउने काम गरेका थिए । र अरु अनगिन्ती आप्रवासी जस्तै, आफ्नो खर्च कटौती गर्न उनीहरू गाउँमा रहेको घरमा फर्किन बाध्य भए ।
विश्व बैंकले महामारीका कारण सन् २०२० मा विश्वभरी ९ करोड ७० लाख मानिसहरू गरिबीमा झरेका छन् । उनीहरू दुई अमेरिकी डलर (अढाइ सय रुपैयाँ) भन्दा कम खर्चमा गुजारा गरिरहेका छन् । त्यसयता केही सुधार भएको छैन ।

‘कोभिडका कारण विश्वव्यापी रूपमा सन् २०२० मा भएको गरिबी अझै बढिरहेको छ, र सन् २०२१ मा कोभिड-प्रेरित गरिब मानिसहरूको संख्या ९७ मिलियन (९ करोड ७० लाख) पुग्ने छ’, विश्व बैंकका अर्थविद्हरूले यस वर्षको सुरुतिर एउटा ब्लग पोस्टमा भनेका थिए । यद्यपि, उनीहरूले यो वर्ष गरिबी घट्नुपर्ने बताए । ‘हामी घर फर्कन मुस्किलले पुग्यो’, उत्तरी बंगलादेशको एउटा गाउँमा कर्कटपाताले बनाइएको परिवारको घरबाट बंगालीमा दिएको एउटा अन्तर्वार्ता दिपालीले भनिन् । दिपाली दम्पतीले जीविकोपार्जन गर्न नयाँ तरिका खोजे । जीवन व्यवस्थित बनाउन संघर्ष गरे । उनीहरूले सानो व्यवसाय सुरु गर्न ऋण खोज्ने प्रयास गरे । तर सहयोग गर्न कोही पनि समर्थ वा इच्छुक भएनन् । केही स्थानीय गैर नाफामुलक संस्थाहरूले धितोको लागि सोधे, जुन तिनीहरूसँग थिएन ।

कृषिमा काम पाउने आशामा प्रदीप रोयले केही किसानसँग सम्पर्क गरे । तर उनलाई किसानहरूले पनि विश्वास गरेनन् । उनलाई ‘ढाका म्यान’ (ढाकाली/सहरिया) भनेर खारेज गरिदिए । प्रदीपले कठोर मौसमको सामना गर्न सक्दैन भनी उनको पत्नीलाई सम्झाए ।

मुख्य कुरा, ‘खाना नै सबैभन्दा ठूलो समस्या थियो’ २० वर्षीया दिपाली रोयले भनिन् । त्यतिबेला उनी गर्भवती थिइन् । कहिलेकाहीँ त सार्वजनिक राशन कार्यक्रम मार्फत् दिनको एक छाक मात्र खान पाउँथिन् । ‘के गर्ने मलाई केही थाहा थिएन … उनीहरूले कहिले खाना ल्याउँछन् भनि पर्खि बस्थ्यौँ ।’

सन् २०२० ले विश्वव्यापी गरिबी विरुद्धको लडाईमा ऐतिहासिक झट्का ल्यायो । विश्व बैंकका अनुसार २० वर्षमा पहिलो पटक विश्वका गरिबको संख्या बढेको छ । विश्व बैंककी गरिबी र समता निर्देशक क्यारोलिना सान्चेज-पारामोले महामारीलाई प्राकृतिक प्रकोपसँग तुलना गरे जुन पूर्वी एसियामा यसको इपिसेन्टर बाहिर तीव्र रूपमा फैलिनेछ । ‘सुनामी आउँदैछ भन्ने हामीलाई थाहा थियो’, उनले सीएनएन बिजनेसलाई बताइन् । ‘प्रश्न यो (आर्थिक झट्का) अन्य विकासशील क्षेत्रहरूमा पुग्न गइरहेको थियो कि थिएन भन्ने होइन, तर कहिले भन्ने हो ।’

असमानता बढ्दै

दशौं लाख मानिसहरू विपन्नतामा धकेलिए पनि अति धनीहरू झनै धनी हुँदै गए । गत वर्ष, वल्र्ड इनिक्वालिटी ल्यावका अनुसार अर्बपतिहरूको सेयर भने उल्येख्य वृद्धि भयो । उनीहरूले त्यसको आनन्द लिए । जनवरीमा सार्वजनिक गरिएको अक्सफाम इन्टरनेसनलको वार्षिक असमानता रिपोर्ट अनुसार संसारका एक हजार धनी मानिसलाई पहिले कै अवस्थामा फर्किन नौ महिना लाग्यो भने आयस्तर कम भएका मानिसहरूलाई एक दशक भन्दा बढी समय लाग्न सक्छ ।

एसिया र अफ्रिकामा गरिबी उन्मूलन गर्न काम गर्ने गैर नाफामुलक बीआरएसी इन्टरनेसनलका कार्यकारी निर्देशक शमेरन आबेदले ‘विश्वका तीन जना धनी मानिस’ले पृथ्वीको चरम गरिबीलाई मेटाउन सक्ने भन्दै बढ्दै गएको सम्पत्तिको खाडललाई औल्याए । ‘यो उनीहरूको एक्लो जिम्मेवारी होइन’, उनले थपे, ‘तर, मैले (समस्या समाधान गर्न) त्यहाँ पर्याप्त स्रोतहरू छन् भन्न खोजेको हुँ ।’

हाल मानवीय मुद्दा समाधान गर्न तत्काल शीर्ष १ प्रतिशत दबावमा छन् । नोभेम्बरमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका निर्देशकले विश्वका दुई धनी व्यक्तिहरू जेफ बेजोस र एलन मस्क लगायत अर्बपतिहरूलाई ‘अहिले एक पटकको लागि पहलकदमी लिन’ आह्वान गरेका थिए ।

सीएनएनसँगको अन्तर्वार्तामा बेक्की एन्डरसनले ६ अर्ब डलर वा मस्कको खुद सम्पत्तिको करिब २ प्रतिशतले विश्वको भोकमरी समाधान गर्न सक्ने बताएका थिए । ‘चार करोड २० लाख मानिसहरूलाई मद्दत गर्न ६ अर्ब डलर लाग्छ । हामी उनीहरूसँग पुगनौँ भने मर्नेछन् । यो जटिल छैन’, उनले थपेका थिए ।

यस आह्वानले मस्कबाट सीधा प्रतिक्रिया पायो । मस्कले ट्वीट गर्दै विश्व खाद्य कार्यक्रमले कोषले ठिक तरिकाले कसरी समस्या समाधान गर्छ भनी बताए यसका लागि तत्काल टेस्लाको स्टक बेचेर गर्ने बताएका थिए । जब संयुक्त राष्ट्रसंघले नोभेम्बरमा योजना सार्वजनिक गर्‍यो टेस्लाका सीईओले सार्वजनिक रूपमा प्रतिक्रिया दिएनन् ।

अहिले के आवश्यक छ त ?

हालै यस मुद्दामाथि ‘आपतकाल’ घोषणा गर्न यूकेका सांसदहरूसँग मिलेर काम गरेका आबेदले गरिबीलाई नीतिको छनोटको रूपमा तर्क गर्छन् । ‘गरिबी एक नीति छनोट हो ।’ ‘हामीसँग कसरी ठूलो मात्रामा मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने ज्ञान छ’, गैरनाफामुखी नेताले भने । जसको समुहले रोय दम्पतीलाई ऋण दिएर सहयोग गरेको थियो । ऋण पाएपछि उनीहरूले आफ्नो खुट्टामा फर्काएको बताएका थिए ।

‘के कुराले काम गर्छ, के कुराले काम गर्दैन भन्ने प्रशस्त प्रमाण छन् ।’ विज्ञहरू पहिलो काम खोपमा ध्यान केन्द्रित गर्नु हो भन्छन् । ‘हामीले सबैजनाको खोप वा महामारीको लागि कुनै प्रकारको उपचारमा पहुँचलाई सुनिश्चित गर्नु आवश्यक छ, किनकि स्वास्थ्य झट्कालाई नियन्त्रण गर्न प्रबन्ध नगरेसम्म आर्थिक सुधारको बारेमा सोच्न धेरै गाह्रो छ ?’ सान्चेज-पारामोले भने, ‘यो अरु केही हुनको लागि आवश्यक अवस्था जस्तै हो ।’

विश्वका धनी देशहरूले आफ्नो जनसंख्याको लागि आवश्यक मात्रा भान्दा धेरै खोपको थुप्रो लगाएपछि खोप असमानता प्रमुख मुद्दा बन्यो । उनीहरू वाचा अनुसार विकासशील देशलाई खोप उपलब्ध गराउन असफल भए । ‘सरकारहरूले पुनःनिर्माण जारी राख्दा उनीहरूले आर्थिक गतिविधिलाई पुनः सक्रिय गर्न पनि ध्यान केन्द्रित गर्नुपर्छ रोजगारी सिर्जना गर्नेछ । उदाहरणको लागि सेवा क्षेत्र’, सान्चेज-पारामोले भनिन् ।

विगत दुई वर्षमा विश्वभरका सरकारहरूले आ-आफ्नो अर्थतन्त्रलाई उकास्न मद्दत गर्न प्रोत्साहन प्याकेजहरू ल्याएका छन् । कति खर्च गर्ने भन्ने बारेमा धेरै (सरकार) ‘वित्तीय दबाव’मा रहेका बेला ‘सेफ्टी नेट’ कार्यक्रम छिट्टै फिर्ता नजाओस् भन्ने महत्वपूणर् रहेको सान्चेज-पारामोले औल्याइन् । ‘उनीहरूले कमजोर घरपरिवारलाई दिएको आय समर्थन फिर्ता लिनुअघि रोजगारी सामान्य अवस्थामा फर्कने बेलासम्म पर्खनु पछर्’” उनले भनिन् । ‘किनभने यदि हामीले सहायतालाई एकदमै छिटो एकत्रित र कटौती गर्‍यौँ भने हामीले वास्तवमै गरिबी वृद्धिको दोस्रो लहर देख्नेछौ । किनभने त्यहाँ अझै रोजगारी छैन ।’

आशाको किरणहरू

बंगलादेशमा दिपाली र प्रदीप रोयका दिनहरू राम्रा हुँदैछन् । ४० हजार टाका (४६६ डलर) ऋण सुरक्षित गरेपछि रोय दम्पतीले आफ्नो लागि एउटा भ्यान र एउटा बाख्रा किनेको बताए । प्रदीप रोय अहिले आफ्नो भ्यानको चालकको रूपमा काम गर्छन् ।

उनले परिवारको सहर फर्कने कुनै योजना नभएको र अहिले एउटा गाई र केही खेतीयोग्य जग्गा किन्न बचत गरिरहेको बताए । जबकि दुवैजना प्राविधिक रूपमा गरिबीदेखि बाहिर आएका छन्, कोरोनाभाइरस संकटका कठिनाइहरूले उनीहरूमा छाप छोडेका छन् । गर्भवती हँदा भोगेको भोकको पीडालाई जीवनको ‘सबैभन्दा पीडादायी’ समयको रूपमा वणर्न गरेकी दिपाली रोयले भनिन्, ‘ती पलहरू सम्झँदा हृदय आँसुले छचल्किन्छ ।’

‘तर अहिले हामी धेरै राम्रा दिनहरू बिताइरहेका छौँ’, भविष्यको लागि पुनः आशा प्राप्त गरेको भन्दै उनले थपिन् । उनीहरूले छ महिनाको छोरालाई स्नातकोत्तर पढाउने सपना देखेका छन् । फेरि पनि, उनीहरूसँग अन्तर्राष्ट्रिय समुदायको लागि सम्झना छ : ती मानिसहरूलाई नभुल्नुहोस् जो अझै पनि पछि छुटेका छन् । ‘हामी जस्तै तल्लो तहमा खसेका धेरै छन्’, प्रदीप रोयले भने । ‘त्यसैले यदि तपाई उनीहरूको साथमा उभिनुभयो भने तिनीहरू पनि हामी जस्तै बिस्तारै उठ्न सक्छन् ।’ सीएनएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७