लोहोरोले हिर्काएर पत्नी हत्या आरोपमा पति पक्राउ


१३ पुष २०७८, मंगलवार
pakrau
फाइल फोटो

पाँचथर । पाँचथरमा पत्नी हत्याको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाँउपालिका-२ इम्वुङका ४७ वर्षीय इन्द्रकुमार नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले लोहोरोले हिर्काएर श्रीमती जीवनकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते घरायसी विवादमा नेम्वाङले ४५ वर्षीया श्रीमतीलाई लोहोरोले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा गएको आइतबार उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७