देशभरको मौसम बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना


१३ पुष २०७८, मंगलवार
snow humla

काठमाडौं । देशभरको मौसम बदली भएको छ । जसका कारण आज (मंगलबार) देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर सामान्यदेखि पूणर्तया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आजराति देशभर सामान्यदेखि पूणर्तया बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकाले देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७