भारतले रोक्यो मदर टेरेसाको संस्थाको विदेशी सहयोग


१३ पुष २०७८, मंगलवार
mother teresa charity 9ibSckzczp

नयाँदिल्ली । भारत सरकारले मदर टेरेसाले स्थापना गरेको संस्थाको विदेशी सहयोग लिन पाउने अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ । मदर टेरेसाको संस्थाले अनाथ बालबालिकालाई आवास बनाउने, विद्यालय, क्लिनिक र आश्रम निर्माण जस्ता कार्यहरु गर्दै आएको छ । क्रिसमस डे को अवसरमा भारतको गृहमन्त्रालयले संस्थाबारे विभिन्न किसिमको नकारात्मक समाचार आएको भन्दै विदेशी सहयोगको अनुमतिपत्र नवीकरण नगरिने बताएको थियो ।

साथै मिसिनरिज अफ च्यारिटी संस्थाको सबै बैंक खाता पनि रोक्का गरेको थियो । यद्यपि यस विषयमा सरकार तथा संस्थाको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । यो संस्थामाथि एक बालिकालाई जबर्जस्ती क्रस लगाउन र बाइबल पढ्न लगाइएको आरोप छ । यस विषयमा गुजरातमा रहेको उक्त संस्थामाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मदर टेरेसाको संस्थाको सबै खाता रोक्का गरिएको विषयमा आपत्ति जनाएकी छिन् । उनले कानुन सबैभन्दा मथि रहने भए पनि मानवीय सहायताको विषयमा पनि सोच्नुपर्ने बताएकी छिन् । यो संस्थाले २२ हजार बिरामी र कर्मचारीलाई भोजन तथा औषधि पुर्‍याउँदै आएकाले सरकारको निणर्यले उक्त कार्यमा समस्या उत्पन्न हुन सक्ने बनर्जीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७