महोत्तरीमा राति एकसाथ पाँच पसलमा आगो लगाइयो


१३ पुष २०७८, मंगलवार
11 aaglagi 4lDTcIIPhp

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा सोमबार राति अज्ञात समूहले एकै साथ पाँच वटा पसलमा आगो लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले राति करिब ९ बजेतिर आगो लगाएका हुन् ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेन्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको पससधनीरूले बताएका छन् । पसलमा राति कोही नभएको मौका पारेर आगजनी गरिएको हो । आगो निभाउन नसक्दा सबैथोक जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७