महाधिवेशन बन्द सत्रकै बीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक


१३ पुष २०७८, मंगलवार
mao

काठमाडौं । काठमाडौ कमलादीमा जारी आठौं महाधिवेशनबीच आज (मंगलबार) नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

अहिले बिहान ११ बजे महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा बैठक बस्न लागेको माओवादी पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । स्थायी कमिटी बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार बन्दसत्रमा ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पढेर सुनाएका थिए । सो प्रतिवेदन अध्ययन गरेर सुझाव दिन २५ समूह बनाइएको छ । जसले त्यसबारे आफ्नो धारणा राख्ने छन् । यही पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन १५ गते सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७