असन्तुष्ट पक्षलाई महन्थले बोलाए छलफलमा


१३ पुष २०७८, मंगलवार
Mahantha Thakur

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले छलफलमा बोलाएका छन् ।

पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै पार्टीको कार्यकर्ता तथा नेताहरु आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।

उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बोलाएको आन्दोलनकारी संजय सिंहले बताए । पछिल्लो समय अध्यक्ष ठाकुरले विभिन्न जिल्ला तथा प्रदेशमा गरेका मनोनयहरु प्रति पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले विरोध गर्दै आइरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७