पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते सार्वजनिक बिदा दिइयोस् : कमल थापा


१३ पुष २०७८, मंगलवार
Kamal Thapa 4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन् ।

पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गतेलाई राष्ट्रिय पर्वका मनाउनुपर्ने थापाको माग छ ।
‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो । उहाँको योगदान कुनै संस्था र प्रणालीसँग सम्बन्धित छैन’, थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्र निर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७