अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल शुरु


१३ पुष २०७८, मंगलवार
moiest samuha

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिबीच समूहगत छलफल शुरु भएको छ । छलफल गर्न २५ समूह बनाइएको छ । प्रतिवेदन छुट्टाछुट्टै २५ समूह विभाजन गरी मंगलबारबाट छलफल शुरु भएको हो ।

समूहगत छलफलपछि प्रतिवेदन पेश गर्न टोली नेतासहित विभिन्न स्थान तोकिएको हो । ज्येष्ठ कम्युनिस्ट मञ्चको संयोजकमा एमके प्रसाईंलाई तोकिएको छ । सल्लाहकारको दुई समूह बनाइएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गर्दैछन् ।

माओवादी केन्द्रका अनुसार प्रदेश १ को दुई समूहबाट हर्क गुरुङ, प्रदेश २ को दुई वटा समूहबाट गणेश साह, बागमती प्रदेशको दुई समूहबाट सरल सहयात्री, लुम्बिनी प्रदेशको दुई समूहबाट चक्रपाणि खनाल, गण्डकी प्रदेश दुई समूहबाट गायत्री गुरुङ, कर्णाली प्रदेशको दुई समूहबाट विमला केसी र सुदूरपश्चिम प्रदेशको दुई समूहबाट खगराज भट्टले नेतृत्व गर्नेछन् ।

यसैगरी केन्द्रीय विभागको दुई समूहबाट मायाप्रसाद शर्मा, प्रवास समितिबाट लक्ष्मण पन्त, सम्पर्क समन्वय प्रदेशको दुई समूहबाट कृष्ण अधिकारी, जनवर्गिय मोर्चाबाट अमृता थापाले नेतृत्व गर्ने माओवादी केन्द्रले जनाएको छ । विशेष प्रदेशको नेतृत्व जगत सिंखडा, सम्पूणर् आयोगहरूको नेतृत्व विष्णुविकास श्रेष्ठले गर्नेछन् । महाधिवेशन ५ दिनसम्म चल्ने छ ।

छलफल स्थान

१) ज्येष्ठ कम्युनिस्ट मञ्च (महाधिवेशनस्थल प्रज्ञा भवन ), संयोजक : एमके प्रसाईं

२) सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

३) सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन)

४) प्रदेश १ क (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क ( महाधिवेशनस्थल पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख (महाधिवेशनस्थल पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क (केन्द्रीय कार्यालय पेरिसडाँडा )

११) गण्डकी ख (केन्द्रीय कार्यालय पेरिसडाँडा)

१२) प्रवास (केन्द्रीय कार्यालय पेरिसडाँडा)

१३) कणर्ाली क. (ए वान पार्टी प्यालेस )

१४) कणर्ाली ख. (ए वान पार्टी प्यालेस )

१५) सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)

१६) सुदूरपश्चिम ख ( ए वान पार्टी प्यालेस)

१७) विभाग क (क्वालिटी ब्याङ्क्वेट)

१८) विभाग ख (क्वालिटी ब्याङ्क्वेट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)

२०) सम्पर्क समन्वय क (क्रिस्लट पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख (क्रिस्लट पार्टी प्यालेस)

२२) बागमती क (बानेश्वर ब्याङ्क्वेट)

२३) बागमती ख (बानेश्वर ब्याङ्क्वेट)

२४) आयोग (काठमाडौं ब्याङ्क्वेट)

२५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७