दूधकोश जलविद्युत् आयोजनामा दुई इञ्जिनियरको ज्यान गएकोबारे छानबिन गर्न समिति


१३ पुष २०७८, मंगलवार
thumb 16

काठमाडौं । सोलखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट उत्पादन क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनामा दुई इन्जिनियरहरूको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति गठन गरिएको हो । तीन सदस्यीय छानबिन समितिले यो घटनाको कारणसहितको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

सोमबार आयोजनाको पेनस्टक पाइप परीक्षणका क्रममा उक्त पाइप फुटेर २ जना इञ्जिनियरको ज्यान गएको थियो भने परियोजनाका व्यवस्थापक गम्भीर घाइते भएका थिए । आयोजनामा हाइड्रो मेकानिकलको काम गरिरहेको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछाममा २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर काभ्रेका २९ वर्षीय अर्जुन थापाको ज्यान गएको हो । त्यस्तै परियोजनाका व्यवस्थापक मोमम्मद राइन गम्भीर घाइते भएका छन् । यो आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७