उपरथीमा बढुवा भएका शर्मालाई उपत्यका कमाण्ड सेनापतिको जिम्मा


१३ पुष २०७८, मंगलवार
Yograj Sharma 9.13 2078 wh16Bvp5Yp

काठमाडौं । नेपाली सेनाको सहायकरथीबाट उपरथी पदमा बढुवा भएका योगराज शर्मा र प्रदिपजंग केसीलाई नयाँ जिम्मेवारी तोकिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

२०७८ पुस ८ मा मन्त्रिपरिषद्ले उनीहरूलाई उपरथीमा बढुवा गरेको थियो । बढुवासँगै योगराज शर्मालाई उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेवारी दिइएको छ । अर्का उपरथी प्रदिपजंग केसीलाई सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्री परिषद्को सोही निणर्य अनुसार ७ जना सहायक रथी दर्जामा बढुवा भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७