महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु


१३ पुष २०७८, मंगलवार
mao 3

काठमाडौं । काठमाडौंको कमलादीमा आइतबारदेखि जारी आफ्नो आठौं महाधिवेशनबीच आज (मंगलबार) नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक राखेको छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा अहिले बैठक बसिरहेको हो ।

माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ ।
महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको स्थायी समिति बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने समझदारी भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरू पनि सहभागी भएर सहजीकरण गर्ने उनले बताए । सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम पूरा गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७