अरु सरकारभन्दा भिन्न हुनुपर्‍यो भनेर देउवा ज्यूलाई भनेको छु : माधव नेपाल


१३ पुष २०७८, मंगलवार
madhav kumar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी अग्रस्थानमा रहेको दावी गरेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी अरु सरकारभन्दा भिन्न हुनुपर्‍यो भनेर शेरबहादुर देउवा ज्यूलाई भनेको छु । देश विकासलाई प्राथमिकता दिनुपर्छ । म टुलुटुलु हेरेर बस्ने मान्छे होइन । समस्या छन् भने भाग्ने मान्छे पनि होइन । हाम्रो समाजलाई परिवर्तन गर्नुछ । देशलाई समाजवादउन्मुख बनाउनुछ ।’ नेता नेपालले इमान्दारिता,निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताए ।‘’नत्र भने त व्यक्तिवादको सिकार भइहाल्यो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७