प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै


१३ पुष २०७८, मंगलवार
teacher
सांकेतिक तस्वीर

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो ।

प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको आयोगका उप सचिव एवं सूचना अधिकारी सुरेश मरहठ्ठाले रातोपाटीलाई जानकारी दिए । एक दुई दिन भित्रै प्रावि शिक्षकका विज्ञापन प्रकाशन हुने उनले बताए ।

विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुने गरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७