प्रदेश-२ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन (नामसहित)


१३ पुष २०७८, मंगलवार
pradesh sabha mXOt7ZwCZ1

जनकपुर । प्रदेश-२ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति-२०७८’ गठन गरिएको छ ।

दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको छ । समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्ने सभामुख यादवले बताए ।

समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ । सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने बताइएको छ । यसअघि, दुईपटक नाम र राजधानीको प्रस्ताव दुईतिहाइ नपुग्दा असफल भएको थियो ।
यी हुन् समितिमा रहेका प्रतिनिधिहरू-
१. सभामुख सरोजकुमार यादव – सभापति
२. उपसभामुख उपमा देव – उपसभापति
३. उपेन्द्रप्रसाद कुशवाहा – सदस्य
४. किशोरी साह (कमल) – सदस्य
५. जगतप्रसाद यादव – सदस्य
६. दिलीपकुमार साह – सदस्य
७. परमेश्वर साह – सदस्य
८. विन्देश्वरप्रसाद यादव – सदस्य
९. शत्रुधन महतो – सदस्य
१०. शारदादेवी थपा – सदस्य
११. शिवचन्द्र चौधरी – सदस्य
१२. शैलेन्द्रकुमार यादव – सदस्य
१३. सञ्जयकुमार यादव – सदस्य
१४. सावित्रीदेवी साह – सदस्य
१५. सुन्दरबहादुर विश्वकर्मा – सदस्य
१६. सुरीता साह – सदस्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७