सर्लाहीको ईश्वरपुर क्षेत्र तनावग्रस्त, कर्फ्यु लगाइयाे

प्रहरीमाथि ढुङ्गामुढा, स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार र हवाइफायर


१३ पुष २०७८, मंगलवार
ishwarpur1 20211228104528

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट एक व्यापारीको मृत्यु भएको घटनालाई लिएर सर्लाहीको ईश्वरपुर क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास चलाएको छ भने दर्जनौ राउण्ड हवाईफायर गरिएको छ । बिहानै स्थानीय सडकमा निस्किएर प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच दर्जनौ पटक झडप भएको छ । झडपमा परेर दर्जनौ सुरक्षाकर्मी र आन्दोलकारी घाईते भएको प्रहरीले प्रारम्भिक विवरणमा दिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक कृष्ण गिरी भिड नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर गम्भीर घाईते भएका छन् । अन्य सुरक्षाकर्मी समेत प्रदर्शनकारीको ढुंगा लागेर घाईते भएका छन् । यस्तै प्रहरीको प्रारम्भिक जानकारी अनुसार प्रर्दशनकारी तर्फ एक जनालाई खुट्टामा गहिरो चोट लागेको छ । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यलय केशरगंजलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा सुरक्षा दिईरहेको छ । प्रदर्शनकारी अत्यधिक उग्र भएका कारण घटना स्थल नियन्त्रणमा लिन समस्या भईरहेको प्रहरीले जनाएको छ । स्थिति थप जटिल बन्दै गएपछि जिल्लामा तिनै तहका सुरक्षा अधिकारीहरु बिहानैदेखि वयलवासमा छन् ।

बयलवासमा पनि निषेधाज्ञा जारी
यस्तै सुरक्षा निकायको आपतकालीन बैठक बसेर बयलवास क्षेत्रमा दिउँसो ३ बजेबाट साझ ७ बजे सम्म निषेधाज्ञा घोषणा गरिएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यलय मलंगवाले पूर्व ईश्वरपुर नगरपालिका-४, पश्चिममा वडा नम्बर ८, उत्तरमा ईश्वरपुर ५ र दक्षिणमा वडा नम्बर ९ खोरिया टोला सम्म हुलहुज्जत गर्न, भिड गर्न, कुनै पनि सभासम्मेलन गर्न निषेध गरिएको छ ।

आइतवार राति ईश्वरपुर नगरपालिका-७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-५ निवासी ३० वर्षीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । घटना प्रहरीले लुकाउन खोजेको र शंकासपद देखिएको भन्दै ईश्वरपुरका व्यापारीले सोमबार दिनभर बयलबास बजारमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

आक्रोशित समूहले ईलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा गर्नुका साथै ईलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगो समेत लगाईदिएका छन् । प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफैं आएर ठोक्किएको दाबी गरेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका महतोलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्‍याइए पनि उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महतोको शव पोष्टमार्टम पश्चात जिल्ला अस्पताल मलंगवामै राखिएको छ । माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७