जन्ती बोकेको स्कोर्पियो दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु, तीन जना घाइते


१३ पुष २०७८, मंगलवार
FB IMG 1640688770357 H2S6GCGuKA

रौतहट । रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार आठ जना सवार स्कोर्पियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।

अन्य घाइते तीन जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी घिमिरेले जानकारी दिए । रौतहटको गढिमाई नगरपालिका-३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र हालसम्म पहिचान नखुलेको डिएसपी भण्डारीले जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७