नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त


१३ पुष २०७८, मंगलवार

काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।


फेलो चाटर्ड एकाउण्टेड(एफसीए) हुनुका साथै बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ) रहेका थिए ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल पुष १६ गते सकिँदैछ । ढुंगानाको जिम्मेवारी दिने गरी बैंकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको हो ।

योसँगै नवनियुक्त पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । हाल नेपाल बंगलादेश बैंकको एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७