राष्ट्रिय वाणिज्य बैंकले परीक्षा बोर्डका पूर्व कर्मचारीलाई १५ लाखसम्म सुलभ कर्जा दिने


१३ पुष २०७८, मंगलवार
NEB ZzG9Gmgitv

काठमाडौं, १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार दुई वर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैयाँसम्म सरल कर्जा प्रवाह गर्नेछ । यस्तो कर्जा उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही प्रवाह गर्ने बैंकले जनाएको छ ।

सरल कर्जामा बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने बैंकले विश्वास गरेको छ ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई समेत डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताएका छन् । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यवहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७