आयोगले माग्यो १३ हजार बढी प्रावि शिक्षक (विज्ञापनसहित)


१४ पुष २०७८, बुधबार
Teacher 3 1

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गरेको छ । आयोगले आज बुधबार बिहान सूचना प्रकाशन गरी १३ हजार ९३ जना प्राथमिक शिक्षक आवश्यक परेको जानकारी दिएको हो । आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक भर्नाको विज्ञापन खुलाएको हो ।

विज्ञापनमा जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षक माग गरिएको छ । आगामी माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिने छ । फाराम आयोगकै अनलाइनबाट भर्न सकिने छ । यसका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ । लिखित परीक्षा चैत १९ गतेदेखि हुनेछ । यसअघि शिक्षक आयोगले निमावि तहका शिक्षकको विज्ञापन खुलाएको थियो ।
हेर्नुस् विज्ञापन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७