पाँचथर फालेलुङमा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति


१४ पुष २०७८, बुधबार
aaglaagi 2AluFrmR0j

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका-३ ताङ्लेपामा आगलागी भएको छ । गए राति भएको आगलागीबाट स्थानीय पूणर्बहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् ।

घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७