वर्षाले र हिमपातले उडान प्रभावित


१४ पुष २०७८, बुधबार
Humla Himpat airport1230 1024x416 1

काठमाडौं । वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।

भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ । सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७