२०० यात्रु बोकेको बिट्रिस एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगियो


१४ पुष २०७८, बुधबार
british airways 20211229053851

काठमाडौं । ब्रिटिस एयरवेज कम्पनीको विमान दुर्घटनामा परेको छ । करिब २ सय यात्रु बोकेको सो विमान एक हजार फिटमाथि दुर्घटना भएको हो । कम्पनीको बिए २२३६ विमान विमानको विन्डस्क्रिन हावासँग ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ ।

दुर्घटनापश्चात विमानमा सवार सबै यात्रुको आकस्मिक अवतरण गराइएको बताइएको छ । दुर्घटनापश्चात विमानलाई सफल अवतरण गराएको बताइएको छ । सो दुर्घटनापछिको सफल अवतरण लाखौंमा एक रहेको बताइएको छ ।

क्रिसमसको अवसरमा छुटी मनाउन गएका यात्रुलाई बोकेर सो विमान लण्डनको ग्याटविक इन्टरनेसनल एयरपोर्टबाट सान जोसतर्फ गइरहेको थियो । सोहि क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटना हुनुअघि सो विमानले ३५ सय फिट उचाई पार गरेको थियो । करिब एक हजार फिट उचाईमा झरेपछि हावाको झोकासँगै आएको बरफको डल्लाले विमानको २ इन्च बाक्लो विन्डस्क्रिनमा ठोक्किँदा सो दुर्घटना भएको विमान कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७