स्टालिनको पोल खोल्ने इतिहासविदलाई थप सजाय


१४ पुष २०७८, बुधबार
2 russian historians prson sentence increased1640751400

काठमाडौं । विघटित सोभियत संघ कालिन कारगार (गुलाग) का एक रुसी इतिहासविदलाई कैद सजाय थपेर १५ वर्ष पुर्‍याइएको छ । इतिहासविद युरी दिमित्रिएभले स्टालियनले आम नरसंहार गरेका बेलाका सामूहिक चिहानहरु उत्खनन् गर्दैै सत्य तथ्य खुलासा गरेका थिए ।

राजनीतिक समीक्षकहरुले दिमित्रिएभको सो कामका कारण राजनीतिक पूर्वाग्रह राखेर उनलाई थप सजाय तोकिएको बताएका छन् । रसियाको एक अदालतले यौन उत्पीडनको मुद्दा लगाएर अभियन्ता तथा इतिहासकार युरीलाई कारावास सजाय थपेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको हो । उनको सजायमा २ वर्ष थपेर १५ वर्ष बनाइएको हो । गत वर्षको जुलाईमा आफ्नी धर्मपुत्रीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा दोषी ठहर गरी उनलाई १३ वर्ष कैद तोकिएको थियो ।

तर उनले शुरुदेखि नै आफु माथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका छन् । दिमित्रिएभलाई पहिलो पटक सन् २०१६ मा बाल यौन सामग्रीको विषयमा पक्राउ गरिएको थियो । तर सन् २०१८ मा उनले सो अभिायोगमा सफाइ पाएका थिए । महिनौं पछि पुनः आपराधिक मुद्दा दायर गरेर उनलाई अन्ततः साढे तीन वर्ष लामो कैद सजाय सुनाइएको थियो ।

तर कारगारबाट छुट्नै लागेको बेला गत वर्ष उनको सजाय १३ वर्ष पुर्‍याइएको थियो । सन् १९३६ देखि ३८ सम्म ‘महा सफाया वा महा आतंक’ कालमा जोसेफ स्टालिनले आफ्नो शासनलाई खतरामा पुर्‍याउन सक्ने देखिएका व्यक्तिहरुको हत्या गरेका थिए । सो नरसंहार कालमा कम्तिमा ७ लाख ५० हजार मानिस मारिएको अनुमान गरिन्छ । मस्को स्थित अमेरिकी दुतावासका प्रवक्ताले दिमित्रिएभको यस घटनाले रसिया मानव अधिकार र ऐतिहासिक सत्यका सवालमा अझै एक कदम पछाडि धकेलिन पुगेको प्रतिक्रिया दिएका छन् । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७