भारतको पिथौरागढमा दुई नेपाली मजदुर मृत भेटिए


१४ पुष २०७८, बुधबार
pithauragarh J8tQPwD6i2

काठमाडौं । भारतको उत्तराखण्डको पिथौरागढमा दुई नेपाली मजदुर मृत फेला परेका छन् । टाइम्स अफ इण्डियाका अनुसार पिथौरागढको गुरौली गाउँमा उनीहरु मृत फेला परेका हुन् ।

उनीहरु दुवै जना गुरौलीमा आफ्ना अन्य साथीहरुसँग बस्दै आएका थिए । सोमबार साँझ उनीहरु ४ किलोमिटर टाढा रहेको कनालिछेना बजार गएका थिए । तर, उनीहरु फर्केनन् ।

मंगलबार बिहान अर्का नेपालीले मजदुरलाई फेला पारेका थिए र प्रहरीलाई खबर गरेका थिए । प्रहरी गुरौली पुलमा पुग्दा मजदुरको मोबाइल फोन, चप्पल र रक्सीको बोतल फेला परेको थियो । प्रहरीले उनीहरुको शव पोस्ट मार्टमको लागि पठाएको समाचारमा उल्लेख छ । समाचारमा मृत्यु हुनेको नाम भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७