इलामका शुभम निरौला ‘द भ्वाइस अफ किड्स’ को भोटिङ राउण्डमा, भोटका लागि गर्दै अपिल


१४ पुष २०७८, बुधबार
voicee

काठमाडौं । इलामका शुभम निरौला बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ को भोटिङ राउण्डमा पुगेका छन् । हिमालय टीभीबाट हरेक शुक्रबार र शनिबार शोमा सहभागिता जनाउँदै आएका उनी भोटिङ राउण्डको ६ जनाभित्र समेटिएका हुन् ।

यसअघि उनको ‘यसपालिको दशैंमा मामा घर जान्छु’ बोलको गीत रेकर्ड भइसकेको छ । सांगीतिक पारिवारिक पृष्ठभूमिका शुभमका बाबु डेनी निरौला, हजुरबुबा कोमल निरौला, फुपु झुमा निरौला संगीत क्षेत्रमा सक्रिय छन् । त्यस्तै काका भीषण निरौला र फुपाजु सविन भट्टराई पनि संगीतमा छन् ।

कक्षा ५ मा पढ्दै गरेका ११ बर्षीय शुभमलाई द भ्वाइस अफ किड्स’ मा विजयी बनाउन खल्ती एप्सको जयmभ कअचभभल मा रहेको खयतष्लन ष्अयलमा क्लिक गरी खयतभ लयध मा ट्याप गरेर तभबm एचबmयम भित्र गई शुभमको फोटोमा क्लिक गरी भोट गर्न सकिन्छ ।

बिदेशमा रहेकाहरुले भने खल्ती एप्समा गएर आफ्नो भोट टिम प्रमोदको शुभम निरौलालाई गर्नपर्छ । बिदेशबाट एप्स डाउनलोड गर्न पर्दैन। विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’ मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् ।

विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिकको तेस्रो साताबाट नेपालमा भित्रिएको हो । शोमा गायक राजु लामा, गायक प्रमोद खरेल, गायिका मिलन नेवार, गायिका प्रविशा अधिकारी कोचका रूपमा रहेका छन् । राजु र प्रमोद द भ्वाइस अफ नेपालमा पनि कोचका रूपमा काम गरिसकेका छन् ।

लक्ष्मण पौडेलको निर्देशनमा बनेको यस शोलाई सुशील नेपालले होस्ट गरिरहेका छन् । सोको डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७