सडक छेउको रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु


१४ पुष २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा । झापाको दमक नगरपालिका-२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।प्र १-०२-०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफै अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी-४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती-४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला-३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । (रासस)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७