भारतमा एकै दिन ४४ प्रतिशतले बढ्यो कोरोना संक्रमितको संख्या


१४ पुष २०७८, बुधबार
Covid india GOb5VeVyaZ

नयाँदिल्ली । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा फैलिसकेको छ ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।

यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७