चर्च जान्छु भनेर घरबाट निस्केकी नीरमाया पाँच दिनदेखि बेपत्ता, मोवाइल पनि ‘अफ’


१४ पुष २०७८, बुधबार
bepata

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका- ४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिंडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छन् । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइल समेत अफ रहेको उनले बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजबिनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७