एमालेले छान्यो ६ मन्त्री, लालबाबुलाई सामान्य प्रशासनको जिम्मा


२ चैत्र २०७४, शुक्रबार
cpn uml new ministry

काठमाडौं, २ चैत्र ।   नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरु छानेको छ । पार्टीका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

cpn uml new ministry
टंगो लागेको मन्त्रीहरुमा एमाले सचिवद्धर प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री र गोकर्ण् विष्टलाई श्रम तथा रोजगार बनाउने भएको छ । यसैगरी नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् । शेरबहादुर तामाङ कानुन मन्त्री बनेका छन् ।

जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालय र गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बन्ने बनाउने भएको छ । यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

एमालेबाट मन्त्री हुनेहरुमा

प्रदिप ज्ञवाली –परराष्ट्र मन्त्रालय

गोकर्ण विष्ट– श्रम तथा रोजगार मन्त्रालय

रविन्द अधिकारी – पर्यटन मन्त्रालय

रघुवीर महासेठ –भौतिक पुर्वाधार मन्त्रालय

शेरबहादुर तामाङ – कानुन मन्त्रालय मन्त्रालय

जगत विश्वकर्मा –युवा तथा खेलकुद मन्त्रालय

लालबाबु पण्डित –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री

 

 

 

 

याे पनि पढ्नुहाेस्
म बन्दा प्रधानमन्त्री नै बन्ने हो, मिडियाले कानुनमन्त्री बनाए : नेम्वाङ
माओवादीले पाँच मन्त्रीको नाम टुङ्ग्यायो, विना मगरलाई खानेपानी मन्त्रालय
एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७