म बन्दा प्रधानमन्त्री नै बन्ने हो, मिडियाले कानुनमन्त्री बनाए : नेम्वाङ


२ चैत्र २०७४, शुक्रबार
SUBASH CHANDRA NEMBANG 27032017091555

राजु शिवा–
काठमाडौं, २ चैत : एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्ने भनिएको मन्त्रिमण्डलमा आफ्नो कुनै सहभागिता नरहने स्पष्ट पारेका छन् ।SUBASH CHANDRA NEMBANG 27032017091555 1000x0

उनले सञ्चारमकर्मीहरुको ‘कृपा’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूलाई कानूनमन्त्री बन्ने भनेर समाचार सम्प्रेषण गरिएकोप्रति गुनासो गर्दै नेम्वाङ्गले आफू मन्त्री बन्ने कुरा सम्भव नै नरहेको स्पष्ट पारे । ठट्यौली शैलीमा उनले भने–‘म बन्दा प्रधानमन्त्री नै बन्ने हो, अहिले प्रधानमन्त्रीमा केपी शर्मा ओली हुनुहुन्छ । उहाँलाई हट्नुस् भन्ने कुरा हुँदैन । यो सम्भव कुरा पनि होइन ।’ आफूले कानूनमन्त्री बन्नका लागि कहिल्यै इच्छा व्यक्त नगरेको र पार्टीले पनि त्यसका लागि प्रस्ताव नगरेको बताउँदै नेम्वाङ्गले सञ्चारमाध्यमले आधिकारिकता पुष्टि नगरी समाचार बनाउँदा भ्रम सिर्जना भएको स्पष्ट पारे ।

नेता नेम्वाङ्गले आफूले संविधानसभा छोड्दै गर्दा नै उपप्रधानमन्त्री नै नखाने वाचा गरेको बताउँदै भने–‘अब तपाई आफै भन्नुस् उपप्रधानमन्त्री नबन्ने भनेको मान्छे प्रधानमन्त्री खानेतिर जान्छ कि कानूनमन्त्री ?’ वर्तमान सरकार निर्माणका क्रममा आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने काममा सक्रिय रहेको नेता भएको जानकारी गराउँदै नेम्वाङ्गले अब अर्को पटक अहिलेका प्रधानमन्त्री ओलीकै प्रस्तावमा आफू प्रधानमन्त्री बन्ने दावी गरे ।

नेकपा एमाले केन्द्रिय प्रचार विभाग सचिव विष्णु रिजालले पनि नेम्वाङ्ग कानूनमन्त्री बन्ने कुरा भ्रम भएको बताएका छन् । उनले नेम्वाङ्ग निष्ठाको राजनीति गर्ने राजनीतिकर्मी भएको बताउँदै पार्टीले उनकाे विगतको योगदानको अवमूल्यन गर्दै यस्तो निर्णय नगर्ने स्पष्ट पारे । उनले फेसबकुमा लेखेका छन्, ‘सुवास नेम्वाङ्ग नैतिकता र इमान भएको नेता हो। रामचन्द्र ९पौडेल० र बद्री मण्डल पथमा जानुहुन्न। उहाँ मन्त्री हुने कल्पना नै नगरौं।’ दुई पटक संविधानसभाको अध्यक्ष बनेका नेम्वाङ्ग २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा कानूनमन्त्री बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७