भीरबाट लडेर दुई जनाको मृत्यु


१४ पुष २०७८, बुधबार
death

बागलुङ । बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बडिगाड-२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरवोट गाउँपालिका-६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको काम गर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

गिरीको पाइपलाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७