प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राख्न प्रस्ताव

हालसम्म ९ समूहबाट प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेश


१४ पुष २०७८, बुधबार
prachanda maoist FFFdG2RpJH

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा स्थगन गरिएको प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राखेर अघि बढ्नुपर्ने सुझाव आएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूहले यस्तो सुझाव दिएको हो । बागमती प्रदेश समूहले यसअघि स्थगित भइसकेको प्रचण्डपथको विकल्पमा नयाँ विचार राखेर जान सुझाव दिएको हो ।

‘जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै आजसम्म पार्टीलाई ल्याउने भूमिका अध्यक्ष प्रचण्डले गर्नुभएको छ, यो एउटा विचार हो’, बागमती प्रदेश ‘क’ को समूहको निष्कर्ष सुनाउँदै टोली नेता सरल सहयात्रीले सुनाए, ‘अब हामीले यसलाई ‘प्रचण्ड विचार’ राखेर जानुपर्छ । यसलाई अघि बढाउने गरी दस्तावेजमा समावेश गर्नुपर्छ ।’

दुई दिनसम्म चलेको समूहगत छलफलपछि बुधबारदेखि सुझाव दिन थालिएको हो । अहिलेसम्म ९ वटा समूहबाट प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेश भइसकेको छ । अर्कातिर समूहबाट प्रचण्डप्रति असन्तुष्टि पनि प्रकट भएको छ । प्रचण्डले साना कम्युनिष्ट पार्टीलाई एक बनाएर आफ्नै पार्टीका नेताहरुको मानमर्दन गरेको भन्दै समूहबाट असन्तुष्टि आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७