‘सिक्किम विलय’ दृष्टान्त दिंदै राजेन्द्र लिङदेनले भने, ‘नेपालमा राजसंस्थाको आवश्यकता झनै बढ्यो’


१४ पुष २०७८, बुधबार
Rajendra lingden 1 1024x683 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे ।

‘सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन । अहिले पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ,’ उनले भने, ‘त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु ।’

उनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने तत्कालीन राजा वीरेन्द्रले प्रमाणित गरेको उनको दाबी छ । पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७