१६ वर्षपछि वीरेन्द्रको शालिक


१४ पुष २०७८, बुधबार
1640767993 birendra 1200x560 1

सुर्खेत । वीरेन्द्र चौक भत्काइएको १६ वर्षपछि पूर्व राजा वीरेन्द्रको शालिक राखिएको छ । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा १६ वर्षपछि वीरेन्द्रको शालिक राखिएको हो ।

२०६२/०६३ को जनआन्दोलनका बेला भत्काइएको शालिक स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजको नामबाट शालिक पुर्नस्थापना गरिएको हो । कणर्ाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य चोकसमेत रहेको वीरेन्द्र चोक १६ वर्षदेखि विवादका कारण विना शालिकको रहेको थियो । जसका कारण चोकमा गमला राखिएको थियो । २०४४ सालमा राजा वीरेन्द्रले स्वयम् वीरेन्द्र चोकको अनावरण गरेका थिए ।

शालिक राख्ने विषयमा राजनितिक दलहरुबीच विवाद भएपछि स्थगन भएको थियो। वीरेन्द्रनगर नगरपालिकाले चोक भत्काएपछि नयाँ शैलीमा निर्माण गरेको थियो । तर, शालिक राखिएको थिएन । सुर्खेत उपत्यका राजा वीरेन्द्रले मन पराएपछि २०२९ सालमा माधवभक्त माथेमालाई ल्याएर गुरुयोजना समेत बनाउन लगाएका थिए । अहिले त्यही गुरुयोजनामा बनेका संरचनामा प्रदेश सरकार अन्र्तगतका मन्त्रालयहरु रहेका छन् ।

स्वर्गीय राजा वीरेन्द्रको कदम र योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको शालिक पुर्नस्थापना गरेको स्वतन्त्र नागरिक समाजका अगुवा भरतप्रसाद ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७