शेयर बजारमा हरियाली


१४ पुष २०७८, बुधबार
share

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा (आज) बुधवार हरियाली छाएको छ । नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।
यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको शेयर भने झण्डै साढे तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७