सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव सम्पन्न


१४ पुष २०७८, बुधबार
zoo

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ। कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो ।

उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताए । उनले कोषले जङगली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताए । ओलीले कोषले जङगली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावेश गराएको जानकारी दिए । वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७