प्रचण्डको प्रतिवेदनमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेबाट

माओवादी पदाधिकारी हलबाटै चयन गर्न माग


१४ पुष २०७८, बुधबार
Maoisrtt1640693746

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अब बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलपलको निष्कर्ष सुनाउने छन् ।

माओवादी पदाधिकारी हलबाटै चयन गर्न माग
नेकपा (माओवादी केन्द्र) का महाधिवेशन प्रतिनिधिले पदाधिकारी हलबाटै चयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशबाट आफ्नो समूहको सुझाव पेश गर्दै बिमला केसीले बन्द सत्र चलिरहेको हलबाटै अध्यक्षसहितका पदाधिकारी चयन गर्न माग गरेकी हुन् ।

‘यही हलबाट पार्टीका पदाधिकारी चयन गरियोस्, त्यसका लागि प्रक्रिया थालिनुपर्छ’ समूहको सुझाव पेश गर्दै केसीले भनिन्, ‘महाधिवेशन हलबाट सबै पदाधिकारी टुंगो लगाउनु पर्छ । पछिलाई राख्न पाइँदैन ।’ केन्द्रीय समिति र अध्यक्ष मात्र चयन गर्ने चर्चा चलेपछि केसीले पदाधिकारी पनि हलबाटै चयन गर्न माग गरेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७