२२० मा कोरोना संक्रमण, दुईको मृत्यु


१४ पुष २०७८, बुधबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७