सन्दीपले लिए तीन विकेट, टिम हाबर्ट ८५ रनले विजयी


१४ पुष २०७८, बुधबार
sandeep

काठमाडौं । सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा उनको टोली हाबर्ट हुरिकेनले बुधबार मेलबर्न रेनेगार्डसलाई ८५ रनले पराजित गरेको छ । सन्दीपले ३.५ ओभरमा ३२ रन दिएर तीन विकेट लिएका हुन् । सन्दीपले जारी सिजन सात खेलमा पाँच विकेट लिन सफल भएका छन् ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको होबर्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको लक्ष्य पछ्याएको मेलबर्नले १५.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र जोड्न सक्यो ।

होबर्टका बने म्याकडेरमोटले १२७ रन बनाए । टिम डभिडले अविजित ३० रन बनाउँदा पिटर ह्यान्डसकोम्बले २४ र ह्यारी ब्रुकले ११ रन बनाए । मेलबर्नका रिसे टोपलेले दुई तथा निक म्याडिसन र ज्याक प्रेस्टवेड्जले एक एक विकेट लिए ।

मेलबर्नका लागि ओपनर साम हार्परले ५७, ज्याक फ्रासर-म्याकगुर्कले २१, टोपलेले अविजित १४ तथा प्रेस्टवेड्जले १० रन बनाए । होबर्टका लागि सन्दीप र टोम रोजर्सले समान तीन विकेट लिए । रिले मेरेडिथ र डी’आर्की शोर्टले एक एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७