‘एसियन सेन्ट्रल जोन’ बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार


१४ पुष २०७८, बुधबार
tem nepal DQLED0XXOf

काठमाडौं । सरकारले ‘एसियन सेन्ट्रल जोन’ महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निणर्य गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निणर्य गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रिपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निणर्य गरेको हो । नेपाली टिमको जितले गौरव र खुशीको अनुभूति भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लगेका थिए ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुदमन्त्री गहतराजले खुशी ब्यक्त गर्दै बधाई समेत दिएका थिए । उपाधि विजेता नेपाली टिम भोली (बिहीबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७