सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज र केशवलाललाई थुना, अरुलाई धरौटीमा छाड्न आदेश


१४ पुष २०७८, बुधबार
ichharaj tamang arrest UUeg3ogfUw

काठमाडौं । साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि यस्तो आदेश भएको हो । करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो ।

बहसपछि पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने निणर्य दिने क्रममा अदालतबाट यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७